नेपाली सिनेमा | Ram Babu Gurung | Purano Dunga | पुराने डुङ्गा

रामबाबु गुरङले नेपाली सिनेमालार्इ लाेकप्रिय बनाउन निकै महत्वपुर्ण भुमिका खेलेका छन् । उनले नेपाली रहनसहनलार्इ, परम्परालार्इ, गाउँठाउँलार्इ झल्काउनेगरि यथार्थपरक, रमाइलाे, दर्शकलार्इ हँसाउने चलचित्र बनाएका छन् । उनले डिरेक्टरकाे रुपमा चलचित्रमा अाफ्नाे भुमिका निर्वाह गर्ने गरेका छन् । उनले बनाएका फिल्महरूले थुप्रै नेपालीहरूकाे मन जित्न सफल भएकाे छ ।  कबड्डी र कबड्डी कबड्डी जस्ताे सफल चलचित्र प्रदर्शनमा अाउँदै गर्दा थुप्रै नेपालीहरूले चलचित्र हेरी मनाेरंजन गरे । नेपाली चलचित्र हेर्ने परम्पराकाे पनि विकास हुँदै गएकाे छ । निर्देशक गुरूङले भर्खरै निर्देशन गरेकाे चलचित्र पुरानाे डुङ्गा मंसिर १० गते देखि प्रदर्शनमा अाउने भएकाे छ । गाउँकाे दाजुभाइकाे सम्बन्धमा अाधारित याे चलचित्रकाे ए निरा…. भन्ने गीतले धेरै लाेकप्रियता पायाे । याे फिल्मले पनि त्यतिनै लाेकप्रियता पाउने अासा छ ।

अहिले नेपाली फिल्म निर्माताहरूले दर्शकले कस्ता फिल्म मन पराउँछन् भन्ने भेउ पाइसके जस्ताे लाग्छ । त्यसै कारण विगतका केहि वर्षदेखि नेपाली चलचित्रहरूले दर्शकहरूकाे मन जित्न सफल भएकाे छ ।

फिल्म जगतमा क्रान्ति ल्याउने कुरा गर्दा निर्देशक, निर्माता तथा अभिनयकर्ता निश्चल बस्नेतकाे नाम छुटाउनै मिल्दैन । उनले सन् २०१२ मा लुट नामक चलचित्र प्रदर्शनमा ल्याएका थिए । जसले नेपाली सिने जगतमा धेरै राम्राे व्यापार गर्याे । अाफूले बनाएकाे फिल्म हेर्दा अाँफैलार्इ निन्द्रा लाग्छ भने म त्यस्ताे चलचित्र प्रदर्शनमा ल्याउँदिन, निश्चल बस्नेतले भन्ने गर्छन् । लुटअघिकाे चलचित्रहरूकाे कुरा गर्नुपर्दा निर्माताहरूले मिडियामा भन्ने गर्थे, ‘बजेट पनि उकास्न सकेन फाइदाकाे कुरा के गर्नु’ । वर्षमा एक दुइवटा, कहिलेकाँहि चारवटा सम्म फिल्महरूले वजेट उकास्न सफल भन्ने खबर सुन्नमा अाउने गर्थ्याे । कुनै वर्ष त एउटै फिल्मले पनि बजेट उकास्न नसकेकाे खबर त मिडियामा छाएकै हाे । ‘नेपाली फिल्म हेर्ने बानीनै छैन ।’ भनेर थुप्रै फिल्मका निर्माता, कलाकारहरूले भनेकाे कसले नसुनेकाे हाेला र? 😛

सन् २०१२ देखि नेपाली फिल्म जगतले फड्काे मार्याे । १ महिनामै, २ महिनामै फिल्म निर्माण गर्ने निर्माताहरूले समय दिएर राम्राे काम गरेरमात्र फिल्मलार्इ प्रदर्शनमा ल्याउन थालेका छन् । नेपालमा पनि चलचित्रहरूले राम्राे व्यापार गर्न सक्ने कुरा थुप्रै निर्माताहरूले बुझेकाे पाइन्छ । भर्खरै प्रदर्शनमा अाएकाे दीपाश्री निराैलाद्वारा निर्देशन/निर्माण गरिएकाे चलचित्र छक्का पन्जाले गरेकाे व्यापारले त नेपाली फिल्म बक्स अफिसमै तहल्का मच्चायाे । मेराे साथीकाे करकापमा मैले पनि चलचित्र हेरेँ । तर साँचाे कुरा भन्नु पर्दा फिल्मकाे पाेस्टर हेर्ने वित्तिकै म जीवनमा कहिल्यै यस्ताे चलचित्र हेर्दिन भन्ने ठानेकाे थिए । तर मेराे अठाेठ दबाउँदै फिल्म हेर्न गएँ । थाेरै फिल्म हेराइकाे अनुभवकाे कुरा गरेँः फिल्म सुरू भएकाे केहि मिनेटमै मलार्इ चित्त बुझ्याे । हलमै सार्है रमाइलाे हाँस्य माहाेल सिर्जना भएकाे थियाे । फिल्म हेरेकाेमा म खुशीले गदगद भएर साथीसँग फिल्मकाे कुरा गर्दै फर्किएँ ।

मनाेरञ्जन मात्र नभएर, फिल्मले थुप्रै राेजगारीकाे अवसरहरू मिल्ने गर्दछ । नेपाली समाजलार्इ सँधै सजग, वर्तमान परिपेक्षकाे यथार्थता झल्काउन, चेतनाकाे विकास गर्न पनि फिल्मले धेरै ठूलाे भुमिका खेलेकाे हुन्छ ।

फिल्म जगतमा अाएकाे यस्ताे परिवर्तनले म चलचित्र प्रेमीलार्इ धेरै खुशी तुल्याएकाे छ । लगानिकाे कुरा गर्नुपर्दा, अहिलेकाे समयमा नेपाली फिल्मले वार्षिक १ अर्ब लगानी गर्न थालेकाे खबर अाएकाे छ । अाशा छ नेपालले फिल्म जगतले राम्राे विकास गरिरहाेस् । यसरी सबै क्षेत्रमा विकास भए सिंगाे नेपालनै विकसित हुनेछ भन्ने मलार्इ लाग्छ ।

याे लेख पढ्नुहुनेलार्इ धन्यवाद छ र अाँफूलार्इ मनपर्ने चलचित्र हेरिदिएर सिनेजगतकाे विकासमा सहभागि हुनुहुनेछ भन्ने विश्वास गरेकाे छु । 🙂


Posted

in

by

Tags:

Comments

Leave a Reply