छक्का पन्जाकाे विषयमा

फिल्मको पोस्टर हेर्दा यो फिल्म जिवनमै कहिल्यै हेर्छु जस्तो लाग्या थिएन तर साथीहरुको करकापमै म पनि हेर्न गएँ छक्का पञ्जा ।

फिल्मकाे निर्देशन गर्नुहुने दीपाश्री निरौलाज्यू यति प्रतिभाशाली हुनुहुन्छ भन्ने थाहा थिएन । वहाँ प्रति आदर अझै बढेर आयो । फिल्मको त्यो स्तरीय तथा रमाइलो प्रस्तुतिले समय बितेको पत्तै भएन. सम्पूर्ण कलाकारहरुको राम्रो मिहेनत देख्न मिल्यो ।

सबै कलाकारहरूले सबै दर्शकहरूलार्इ पेट मिचिमिचि हसाउन सफल हुनुभएकाे छ । हलमा एक मिनेट पनि, अझै प्रिसाइजलि भन्नुपर्दा एक सेकेन्डपनि अल्छि लागेन ।

यस चलदृश्यको अपार सफलतामा सबैलाई धेरै शुभकामना । यसरीनै हामीलाई मनोरंजित गर्दै गर्नुहोला हामी फिल्म हेर्न आइरहनेछौँ । नेपाली चलचित्रहरूकाे स्तर बढ्न थालेकाे देखेर सार्है खुशी लागेकाे छ ।

यदि तपाइँहरूपनि पाेस्टरका कारण हेर्न नजाउनुभएकाे हाे भने, पाेस्टर विर्सेर ढुक्क भएर हेर्न जानुभए हुन्छ । मेराे रिकमेन्डेसन मन नपरे कमेन्टमा सक्दाे गालि गर्नुभए हुन्छ । 😛 🙂

By Dinesh Roy

I endorse everyone who is working for a cleaner and greener future. Earth is our home. Let's take care of our family and it's future by boycotting non-renewables as much as we can.

Leave a Reply

%d bloggers like this: